एसीसी यु १६ मा नेपाल बहराइनसँग भिड्दै

भदौ २, काठमाडौँ – एसीसी यु १६ प्रिमियर लिग क्रिकेटमा नेपाल आज बहराइनसँग भिड्ने भएको छ । यसअघि तीन ओटै खेल जितिसकेको नेपालले आजको खेलमा पनि जित हात पार्ने मनोवलका साथ मैदानमा उत्रने भएको छ ।

हिजो भएको खेलमा नेपालले ओमनलाई १ सय २ रनले पराजित गरेको हो । तीन वटै  खेल जितेको नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

आजको खेलमा नेपालले बहराइनलाई र सिंगापुरले मलेसियालाई हराएमा नेपालले उपाधि जिल्ते सम्भावना एक म्याच अघि नै लगभग पक्का हुन्छ । यसअघिको पहिलो खेलमा थाइल्याण्डमा १० विकेट र दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो ।