संसदिय समितिको सभापति चयन प्रकृया थालिदै

भदौ २, काठमाडौँ – सात महिनादेखि रिक्त संसदीय समितिको  नेतृत्व चयनको प्रकृया आजबाट शुरु हुदै छ । दलीय भागवन्डा मिलेपछि। प्रमुख दलहरुबीचको किचलोका कारण रोकिएको सभापति चयन प्रक्रिया दलहरुबीच भागबण्डा मिलेपछि आजबाट शुरु हुन लागेको हो ।

संसदले आउदो बुधवार सभापति चयन गर्ने गरी आज कार्यालालिका सार्वजनिक गर्ने तयारी भैरहेको संसद सचिवालयका प्रबक्ता मुकुन्द शर्माले जानकारी दिए । शर्माका अनुसार त्यसअघि समितिको सदस्यहरु हेरफेर गर्न दलहरुले माग गरेकोले त्यसपश्चात निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ ।

समितिका सदस्यहरुको हेरफेर गर्नुपर्ने भएकोले तालिका सार्वजनिक गर्न ढिलाई हुने संभाबना बढेको छ ।  विषयगत ११ र विशेष ३ गरी १४ समिति मध्ये काग्रेस र एमालेले चार–चार, एकीकृत माओवादीले २, राप्रपा नेपाल, मधेसी दल र साना दललाई एक–एक समितिको नेतृत्व दिने सहमति भएको छ ।

सुरक्षा विशेष समितिको नेतृत्व भने सभामुखले नै गर्ने व्यवस्था छ । यसैबिच दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेकमाथि छलफल हुनेछ ।