कुन जिल्लामा कति रक्तचन्दन कुहियो ?

भदौं २, काठमाडौं- देशका विभिन्न भागबाट बरामद भएका करोडौं मूल्यका रक्तचन्दन कुहिन थालेका छन् । १७ जिल्लामा रहेका दुई लाख १० हजार सात सय २७ किलो रक्तचन्दन उचित व्यवस्थापन अभावमा कुहिन थालेका हुन् । त्यसमध्ये बबरमहस्थित वनविभागपरिसरमा मात्रै ९० हजार किलो रक्तचन्दन छन् ।

यस्तै सिन्धुपाल्चोकमा ३९ हजार किलो, भक्तपुरमा १८ हजार किलो, रसुवामा १३ हजार किलो,रुपन्देहीमा चार हजार किलो, नवलपरासीमा सात हजार किलो र चितवनमा ६ हजार किलो रक्तचन्दन रहेको नयाँ पत्रिकामा खबर छ ।

 त्यसरी अलपत्र अवस्थामा राखिएका रक्तचन्दन एकातिर कुहिन थालेका छन् भने अर्कोतिर तस्करको नजरमा पर्दा जोखाउनै समस्या हुन थालेको छ ।