टिभी खोल्न पनि जान्दैनन् मनमोहन

भदौं २, काठमाडौं – भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन। उनलाई अण्डा उमाल्न पनि आउदैन। सिंहबारे उनकी छोरी दमन सिंहले लेखेको पुस्तक स्ट्रिक्ली पर्सनलः मनोहन एण्ड गुरू शरणु ले मनमोहनका जीवनका यस्ता अनौठा लाग्ने विषय खोतलेको छ।

मनमोहनबारे नयाँ तथ्य राखेकैले पुस्तक अहिले भारतमा चर्चामा छ। पुस्तकमा मनमोहन सिंह आफ्ना साथीभाईसँग रमाइलो गर्ने पनि उल्ल्ख छ। उनी आफू निकट मानिसलाई नयाँ नाम पनि दिन्छन्। उहाँ निकट नेम दिन रूचाउनुहुन्थ्यो, यो पुस्तकमा लेखिएको छ, उहाँले आफू निकट मानिसहरूलाई त्यही निकट नेमबाट बोलाउनुहुन्थ्यो। पत्नी गुरशरण कौरलाई पनि मनमोहन सिंहले नाम दिएका थिए गुरूदेव।

पुस्तकमा मनमोहन सिंहको साथीभाइसँग रामाइलो गर्ने र आफूले बोल्न थालेपछि अरु कसैलार्य बोल्न नदिने बानी रहेको लेखिएको छ । तर, खुलेर नबोल्ने भएकाले भारतमा सिंहको नामै मौनमोहन सिंह राखिएको थियो ।

पुस्तकका अनुसार सिंहका पिताले उनलाई डाक्टर बनाउन चाहे पनि सिंहले मेडिकल पढाइमा रस नपसेको भन्दै पढ्न छाडेका थिए । पढाई छाडेपछि सिंहले बाबुको दोकानमा काम गर्न थाले । तर, त्यहाँ पनि लामो समय टिकेनन्।

त्यसपछि मात्र मनमोहन क्याम्ब्रिज विश्वविदालयमा भर्ना भएका थिए । त्यहाँ पैसा नपुगेर कैयौं दिन मनमोहन भोकै बस्ने गरेको पनि पुस्तकमा लेखिएको छ । अर्थशास्त्रमा पढाई सकेपछि उनले त्यही कलेजमा अध्यापन पनि गरे ।

त्यही कलेज पढ्ने समयमा मनमोहनले एक साथीसँग २५ पाउन्ड ऋण मागेको, तर साथीले उनलाई नपत्याएर तीन पाउन्ड मात्र पठाएको पनि पुस्तकमा लेखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।