इवोला भाइरलमा सुरक्षा निकायको चासो

भदौं २, काठमाडौं – अत्यन्त संक्रामक इबोला भाइरलु बारे नेपालको तीनै सुरक्षा निकायमा निकै चासो बढेको छ । इबोला भाइरल प्रभावित चार पश्चिमा अफ्रिकी मुलुकमध्ये लाइबेरियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको फरकफरक टोली रहेको छ । कतिपयको नेपाल फर्कने समय समेत नजिकिएकोले यसमा चासो बढेको हो । शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका डा शेरबहादुर पुनले नेपाली सुरक्षा अधिकारीहरु इबोला प्रभावित स्थानबाट र्फकने क्रम शुरु हुने बताए । अफ्रिकी मुलुकमा कार्यरत सुरक्षा अधिकारीहरुमा भने त्यस्तो संक्रमण भएको जानकारी सरकारलाई छैन् । तर पनि सुरक्षा निकायले उनीहरुसँग लगातार सम्पर्क गरिरहेको अधिकारीहरुले बताए ।

राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा खटिएका ती टोलीहरु भएको स्थानमा भाइरल नफैलिएको भए पनि उनीहरुलाई कतैबाट पनि संक्रमण हुन नदिन नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा जानकारी गराउदै यसअघि नै पत्राचार गरिसकेको छ । राष्ट्रसंंघीय मिसनमा सुरक्षा निकायका साथै केही नेपाली नागरिकसमेत काम गर्दै आएको र उनीहरुको सुरक्षाका बारेमा राष्ट्रसंघबाट पहल भइरहेकोमा निश्चिन्त रहेको सरकारले जनाएको छ ।

लाइबेरियामा राष्ट्रसंघ भन्दा बाहिर अन्य नेपालीहरु कार्यरत रहेको सूचना सरकारलाई छैन् । अहिलेसम्म पनि कसैले जानकारी गराएका पनि छैनन् । तर दक्षिण अफ्रिकी मुलुकहरुमा भने धेरै नै नेपालीहरु रहेको तथ्यांक पाइएको छ । तर दक्षिण अफ्रिकी मुलुक संक्रमणमा नरहेकोले दक्षिण अफ्रिकीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले पश्चिम अफ्रिकामा पनि नेपाली कतै छन कि भनेर बुझ्ने कार्य भइरहेको जानकारी मन्त्रालयलाई पठाएको छ । सरकारले चार दिनअघि नै इबोला भाइरसबाट प्रभावित चार मुलुक गीनी, सियरालियोन, नाइजेरिया र लाईबेरिया भ्रमण नगर्न आग्रह गर्दै ट्रभल एडभाइजरीु नै जारी गरेको छ ।

ती मुलुकबाट फर्कने वा ती मुलुक भएर आउनेहरुको हकमा पनि विमानस्थलमा एक ुहेल्थ डेक्सु नै राखेर काम अघि बढाउने भनिए पनि त्यो अझै भएको छैन् । सोमबार देखि त्यस्तो डेस्क राख्ने र त्यहांबाट र्फकनेलाई २१ दिन प्रत्यक्ष निगरानीमा राखेर मात्र बाहिर जान दिनेसमेत उल्लेख गरेको छ । अहिले लाइबेरियामा दुइ सय ६० सशस्त्र प्रहरी बलबाट गएका जवान तथा अधिकृत छन् । तीमध्ये केहीको र्फकने दिन नजिकिएको छ । नेपाली सेनाबाट सैनिक प्रहरीको एक १५ सदस्यीय टोलीसहित २० जना रहेका छन भने नेपाल प्रहरीबाट ७ जना रहेको सम्बन्धित निकायका प्रवक्ताले बताएका छन् ।

विश्व स्वास्थ्य संठगठनले अफ्रिकी मुलुकहरुमा दशलाख भन्दा बढिमा इबोला भाइरलबाट प्रभावित भएको जनाएको छ । इवोला जुन स्तरमा फैलिएको छ त्यसलाई निकै कम आंकलन गरिएको थियो । गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनमा प्रयोगशाला प्रमाणित इबोलाको दुइ हजार एक सय २७ केश देखिएको छ भने १ हजार १ सय ४५ को मृत्यु भैसकेको छ ।  लाइबेरिया सरकारले तीन महिना संकटकाल समेत घोषणा गरेको छ । घानमा पनि धेरै नेपालीहरु रहेको छ यद्यपी त्यो मुलुकमा भने संक्रमण देखिएको छैन । भारत हुदै यी पश्चिमी मुलुकमा रहेका सुरक्षा अधिकारी बाहेका अन्य नेपालीहरुको एकिन तथ्यांक भने अझै जानकारीमा आउन सकेको छैन् । आजको कान्तिपुर दैनिक मा खबर छ ।