चार बच्चासहित २५ घन्टा रुखमै

भदौं २, काठमाडौं –  आफ्ना दुई छोरालाई काखीमा च्यापे । छिमेकीका छोराछोरीलाई पनि उसैगरी उचालेर उनी रुख चढेर बाढीको भेल घट्ने प्रतिक्षामा बसे ।  रुखमाथि आकाशमा पटक- पटक हेलिकप्टरले फन्को लगायो । उनले हातले इसारा गरे र गुहार मागे । तर, न हेलिकप्टरका उद्दारकर्मीले सुने, न त अरुले नै उनीहरुलाई उद्दार गर्ने स्थिती थियो ।

२५ घण्टासम्म रुखमा चार बालवालिकालाई च्यापेर ज्यान बचाएकी गुलरिया ५ टप्परकी २५ वषिर्या कालिका घर्ती अहिले भने अस्पताल भर्ना छिन् ।  शुक्रवार बिहान बाढी आएपछि नौ बजे उनी रुख चढेकी थिइन् । शनिबार १० बजे मात्र सानो डुङ्गाबाट उनको उद्दार गरिएको हो । विहान ४ बजे गुहार माग्न नपाउँदै बाढीले गाउँ डुबायोु उनले भनिन् भाग्ने ठाउँ थिएन । आफ्ना र छिमेकी गीता सार्कीका छोराछोरी बोकेर रुखमा चढे ।

छोराछोरी बचाए पनि उनकी आमालाई भने बबईको भेलले बगायो । दिउँसो केही जस्तो लागेन् । राती निकै डर लाग्यो । मैले हेर्दा हेर्दे एउटा रुख ढलेर केहीलाई बगाएपछि आजलाई यत्ति रैछ भन्ने लागेको थियोु उनले भनिन् हिम्मत गरे । जस्तो अवस्था आउला, त्यस्तै व्योहोरौला । उनी आफ्ना र छिमेकीका छोराछोरीलाई ज्वरोले सताएपछि अस्पताल भर्ना भएकी हुन । घर्तीको हातखुट्टा निकै पीडा छ । हात राम्ररी चल्दैन । निम्न आएकी घर्तीका श्रीमान् भारतमा मजदुरी गर्न गएका छन् ।कान्तिपुर दैनिकमा खबर   छ  ।

अरुलाई बचाउदा आमा बुवा र छोरीलाई बगायो गाउँमा बाढी पस्नासाथ अशक्त, बृद्ध र वालवालिकालाई उद्दार गरेका गुलरिया(५ का गोविन्द खत्रीले आफनै आमाबुबा र छोरीलाई भने बचाउन सकेनन् । उनीहरुलाई बबईले बगाएको छ । परिवारका तीन बेपत्ता पार्‍योु उनले भने मैले गाउँका २०र२२ जनालाई उद्दार गरि सुरक्षित ठाउमा बेलैमा पठाए । तर आफ्नै आमाबुबा र छोरीलाई बचाउन सकिन ।ु उनले रुखमा चढाएर आमाबुबा र छोरीलाई राखेका थिए । तर, केहीबेरमै भेलले ढालेर बगाएको बताए । खत्रीका श्रीमति र अर्की छोरीलाई भने उनले बचाउन सके । घाईते उनको जिल्ला  अस्पतालमा उपचार भईरहेको छ । टप्परगाउका १५ घर पुरै भत्किएका छन् भने ५० घर काम नलाग्ने अवस्थामा छन् ।