बस ठोक्किदा १६ जना घाईते

भदौ १,  पर्वत – पर्वतको कुश्मा नगरपालिका ८ अर्मादी स्थित रिठ्ठेखोलामा दुईवटा सवारी साधन  एकआपसमा  ठोक्किँदा  १६ जना यात्रु घाईते भएका छन् । बागलुङबाट पोखरा आउँदैै गरेको ना ५ ख ३१७५ नम्बरको बस र कुश्माबाट बागलुङ तर्फ जाँदै गरेको ग १ ख २७५३ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । घाईतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेहरुलाई पोखरा रिफर गरिएको छ । घाईतेमध्ये पुतली नेपाली, बाबुराम सुबेदी, मञ्जु क्षेत्री र कमला थापाको अबस्था गम्भिर रहेका कारण पोखरा रिफर गरिएको प्रहरीले जनाएको  छ । कुश्माबाट बागलुङ जाँदै गरेको बसको ब्रेक फेल भएर अर्को गाडीमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पर्वत जिल्ला अस्पतालमा सामान्य घाईतेहरुको उपचार भैरहेको छ ।