बाढीपहिरो पीडितको पुनस्थापनामा सरकार गैरजिम्मेवार : प्रचण्ड

भदौ १, काठमाडौँ – बाढी,पहिरो पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकार गम्भीर नभएको एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । सिन्धुपाल्लचोकको जुरे पहिरोस्थलको अवलोकनपछि बाढी, पीडितहरुसाग कुराकानी गर्दै प्रचण्डले त्यस्तो बताएका हुन् । उनले पहिरोले मृत्ुयु भएकका आश्रित परिवार, घाइतेको उपचार र पुनर्वासका लागि आफूले सरकार र सदन दुबैमा आवाज उठाउने बताए । उनले जुरे पहिरोको पीडितका लागि आफूले पाउने तलव भत्ताबाट १ लाख र देशभरका बाढी पहिरो पीडितका लागि २ लाख रुपैँया आर्थिक सहयोग दिने आश्वसन समेत दिएका छन् ।  प्रचण्डले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहत तथा उद्धारबारे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीि गोपालप्रसाद पराजुलीसँग जानकारी लिएका छन् ।