२६ सभाषदको टुंगो केहीदिनमै लाग्छ : पौडेल

भदौ १, काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिको अनुमोदन भइसकेकोले यस विषयमा विवाद गर्नु उचित नभएको वताएका छन्  । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै उहाँले राष्ट्रपतिले संसदमा सम्वोधनसंग अनुमोदन भएकाले अव यस विषयमा कुरा उठाउन कुनै अर्थ नभएको प्रष्टाएका हुन् ।

उनले नेकपा एमालेसंग भएको सात वुँदे सहमतीमा केही प्राविधिक विषयमा मात्र टुङ्गो लगाउन वाँकी रहेकोले दुई दल वसी यस विषयमा समाधान गर्नुपर्नेमा जोड दिए । उपसभापति पौडेलले तालीका अनुसार नै  संविधान निर्माणको काम भइरहेकाले जानकारी दिदै आगामी माघ ८ गतेभित्र मुलुकले नयाँ संविधान पाउने दावी गरे ।

उनले राजनीतिक दलहरुको सहमतीको आधारमा संविधान निर्माण हुने वताउदै सवैलाई मान्य हुने संविधान जारी हुनेमा ढुक्क रहन आग्रह समेत गरेका छन् । नेता पौडेलले  संविधान सभामा वाँकी रहेको २६ सभासदको मनोनयनका लागि दलहरुवीच छलफल भइरहेकोले केही दिनभित्रै संविधान सभाले पूर्णता पाउने विश्वास व्यक्त गरे ।