बिपी विचारयात्रा आजदेखि

भदौ १, काठमाडौँ – नेपाली कांगेसको विचार यात्रा आजदेखि सुरु हुने भएको छ । बिपी विचार पदयात्राको माध्यमबाट नयाँ पुस्तालाई काँग्रेसको सिद्धान्तका साथै राष्ट्र र जनताका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीतर्फ जानकारी गराउन यात्रा सुरु गर्न लागेको कांग्रेसले जनाएको छ । कांग्रेसले प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिकाको स्मरण गर्दै उहाँले बिपी कोइरालाको शतवार्षिकका अवसरमा आजदेखि विराटनगरबाट सुरु गर्न लागेको हो । ‘बिपी विचार पदयात्रा’लाई दशेभरी लैजाने कांग्रेसले बताएको छ ।