विद्युत प्राधिकरणले २९ औं वार्षिक उत्सव मनाउँदै

भदौ १, काठमाडौँ –  नेपाल विद्युत प्राधिकरणले आज २९ औं वार्षिक उत्सव मनाउँदैछ । वार्षिक उत्सवको अवसरमा प्राधिकरणले ग्रहकहरुलाई सर्वसुलभ र गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गदै प्राधिकरण अझै सशक्त र परिणाममुखि ढंगले अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको हो ।

देशमा जारी विद्यामान उर्जा संकट तत्काल निवारण गर्न सम्भव नभएपनि क्रमस त्यसलाई कम गर्दै लैजाने प्रधिकरणले जनाएको छ ।

लोडसेडिङ कम गर्न कुशाहा—कटैया १ सय ३२ केभी प्रसारण लाइनको क्षमता वृद्धि गराउने काम भइरहेको, गण्डक—रामनगर १ सय ३२ प्रसारण लाइनबाट थप विद्युत आयत गर्ने योजना रहेको प्रधिकरणले जनाएको छ ।