सवारी दुर्घटनामा १ को मृत्यु

भदौ १, काठमाडौँ  – काठमाण्डौको थानकोटमा ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृतकको अहिलेसम्म सनाखत भएको छैन् । गएराती धादिङगबाट काठमाण्डौ तर्फ आउदै गरेको बा १ घ ५७५ नम्बरको दुध बोक्ने ट्याङकरले अन्दाजी २५ बर्षका पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका उनको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।