छिमेकीको संम्वन्ध नेपालको हितमा उपयोग गर्नुपर्छ : पूर्वपरराष्ट्रमन्त्री

साउन ३१, काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्रीहरुले छिमेकी मुलुकसंगको संम्वन्धलाई नेपालको हितमा उपयोग गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय परराष्ट्र नीति अध्ययन संस्थानले आज राजधानीमा  आयोजित कार्यक्रममा उनीहरुले नेपालले छिमेकी मुलुकको सम्बन्धलाई विवादरहित बनाउदै हितमा उपयोग गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री ईश्वर पोखरेलले पछिल्लो समय भारतसंग विभिन्न सन्धी सम्झौताका विषयमा चर्चा चलिरहेको भन्दै यसलाई सकारात्मक ढंगले लिनुपर्ने बताउनुभयो ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालका राजनीतिक दलहरुले कुटनीतिक सम्बन्धलाई राजनीतिको भर्याङ बनाएको उल्लेख गरे ।