राप्रपाद्धारा छानविन आयोग गठन गर्न माग

साउन ३१, काठमाडौँ – राप्रपा नेपालले विभिन्न प्रलोभन देखाएर धर्म परिर्वतन भइरहेको भन्दै छानविन आयोग गठन गर्न माग गरेको छ । राप्रपा नेपालको तीनसम्म चलेको केन्द्रीय कार्यसममितिको बैठकले धर्म परिवर्तन रोक्ने र छानविन आयोग बनाउन माग गरेको हो ।

बैठकले गोरखामा गौ हत्या भएको भन्दै खेद प्रकट गरेको छ । साथै अब बन्ने संविधानमा आफ्नो एजेण्डाहरु सम्बोधन गर्न दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

माघभित्र अधिवेशन गर्ने गरी विद्यार्थी, युवा, महिला मोर्चा विघटन गरेको छ । साथै राप्रपा नेपाललाई नया शक्तिका रुपमा स्थापित गर्ने भन्दै असन्तुष्टिहरुलाई पार्टीको सम्वद्ध निकायमा राख्न आहवान गरेको छ ।

राप्रपा नेपालको बैठकले बाढी तथा पहिरो पीडितको उद्धार तथा राहत प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।