कोरियन भाषा फारम भर्नेको संख्या हाल सम्मकै उच्च

साउन ३१, काठमाडौँ – कोरियन भाषा परीक्षाका लागि आवेदन दिने आज अन्तिम दिन बिहानैदेखि आवेदन फारम लिनेको लाम लागेको छ ।  उपत्यकामा तीन र उपत्यका बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउने ब्यवस्था इपिएस शाखाले गरेको छ । उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट तथा उपत्यका बाहिर पोखराको बिन्धबासिनी उच्च माबि बाटुलेचौर, बुटबल प्रर्दशनी मण्डप, डडेलधुराको अमरगढी नगरपालीकामा रहेको कर्मचारी मिलन केन्द्र र सुनसरीको धरान बाट बुधबारदेखि आवेदन फारम बितरण भैरहेको छ ।
इपिएस कोरियाशाखाका अनुसार हिजो तेस्रो दिन सम्ममा आवेदान दिनेको संख्या ७५ हजार ५ सय ७८ पुगेको छ । हिजो मात्रै १७ हजार २ सय ३२ जनाले आवेदन दिएका छन् । यस वर्ष गत वर्ष भन्दा करिब २० हजार बढिले आवेदन दिने इपिएस शाखाले अनुमान गरेको छ । गत वर्ष ४८ हजारले आवेदन दिएका थिए ।
भाषा परिक्षा असोज १० र ११ गते हुने छ । भाषा परिक्षा पास गरेकाहरु आगामी सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् । इपिएस परिक्षा लिने क्रम सन् २००८ देखि शुरु भएको थियो ।