कुनै हालतमा एमाओवादी फुट्दैन : प्रवक्ता शर्मा

साउन ३१, काठमाडौँ  – एकीकृत नेकपा माओवादीले बाहिर प्रचार भएजस्तो पार्टी फुटको संघारमा नरहेको स्पष्ट पारेको छ । शनिबार केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवत्ता दिनानाथ शर्माले पार्टी फुटाएर पार्टीलाई घाटा हुने भएकाले पार्टी कुनै हालतमा नफुट्ने प्रस्ट्याएका छन् ।

माओवादी पार्टी फुट्यो भने संविधान निमार्णलाई असर पर्ने र समग्र कम्यूनिष्ट आन्दोलनमा समेत क्षति हुने भएकाले पार्टी नफुट्ने शर्माले बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्राई एक अर्काको प्रतिस्पर्धि नभै पुरक भएकाले पार्टी  नफुट्ने शर्माको कथन  छ ।

एमाओवादीका अनुसार पार्टीलाई एकताबद्ध बनाउन बिचारको बिकास गरेर जाने तयारी भैरहेको  छ ।  पार्टीमा बैचारिक बिवाद रहेको स्वीकार गर्दै प्रवक्ता शर्माले बहस मार्फत फेरी पनि नेतृत्व एक ढिक्का भएर जाने बताए । माओवादीले देशभर भैरहेको बाढी पिडित प्रभावितहरुलाई तत्काल उद्धार र राहातको व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।