एमालेमा पोलिटब्यूरो विवाद पदाधिकारीहरुले मिलाउने

साउन ३१, काठमाडौ -एमालेमा पोलिटब्यूरो चयनको प्रावधानलाई लिएर केन्द्रीय समितिको जारी बैठकमा चकिएको विवाद पदाधिकारीहरुले मिलाउने भएका छन् । त्यसका लागि शनिबार केन्द्रीय समितिको बैठक अगावै अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको बैठक बोलाएका छन् । एक कार्यकाल केन्द्रीय समितिमा बिताईसकेको वा जो सुकैले पनि पोलिटब्यूरो सदस्य बन्न पाउने भन्नेमा केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरु विभाजित भएका हुन् ।  बिहीबार र शुक्रबार बोल्ने सदस्यहरुले दुईथरी धारणा राखेका थिए ।

केन्द्रीय समितिको छलफल टुंगोमा पुग्ने अवस्था नभएपछि पदाधिकारीले मिलाउने प्रयास गर्न लागेका हुन् । केन्द्रिय समितिको नेताहरुबीचको विवाद चिर्किन थालेपछि अध्यक्ष ओलीले यो बिषयमा अब थप छलफलको जरुरी नरहेकोले  सहमतिबाट टुग्याउन पहल गर्ने भन्दै शुक्रबारको बैठक समापन गरेका थिए । ुधेरै सुझावहरु प्राप्त भएका छन् यो बिषयमा आउनुपर्ने जति तर्क र धारणहरु  आइसकेका छन् अब थप बहसलाई लम्बाइरहन जरुरी छैनु अध्यक्ष ओलीले बैठकमा भने नेताहरुसग सल्लाह गरेर हामी उपस्थिति हुन्छौ ।

पहिलोपटक केन्द्रिय सदस्य बनेकाहरुले पोलिटब्यूरोमा जान कुनै बन्देज लगाउन नहुने अडान राखेका छन् । पहिले नै केन्द्रीय सदस्य भइसकेका केही नेताहरुले भने एक कार्यकाल बिताएको हुनुपर्ने प्रावधानलाई लागू गर्नेपर्ने जिकिर गरिरहेका छन् । महाधिवेशनबाट एक कार्यकाल अनिवार्य रुपमा केन्द्रीय समितिमा बिताएको व्यक्ति मात्र पोलिट ब्यूरोमा जान सक्ने प्रावधान पास गरेको माधव नेपाल पक्षका नेताहरुको जिकिर छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

शुक्रबारको बैठकमा नेता नेपालले महाधिवेशनको फैसला जे छ त्यही अनुसार अघि बढ्नुपर्ने बताए । महाधिवेशनमा के फैसला भएको हो भन्नेमा द्वविधा भएमा  त्यहा  भएका माइन्यूट, अडियो र भिडियो हेरेर परिक्षण गर्न सकिने नेपालको धारणा थियो । ुमहाधिवेशनको निर्णय नै के हो भन्ने बिषयमा छलफल चलाउनु ठिक हुदैनु नेता नेपालको भनाई उद्धृत गर्दै केन्द्रिय सदस्य ठाकुर गैरेले भने,जे निर्णय हो त्यो मानौ, यहि त्यो ठिक रहेनछ भने पछि विधान अधिवेशनबाट मिलाउन सकिन्छ । उनले पार्टीलाई  एकताबद्घ बनाउने र सहमतिका साथ कसरी अघि बढ्ने भन्न तर्फ लाग्न नेताहरुलाई आग्रह गरेका  थिए ।