अमेरिकी कविले गरे नेपालको सौन्दर्यको प्रशंसा

साउन ३१, काठमाडौ- संयुक्त राज्य अमेरिकाबाट आएका कवि विलियम स्टेफेन वकले  कविता वाचन गरेका छन । ह्वाइट लोटस बुक सप कोपुन्डोलले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले प्रकृति तथा प्रेमसम्बन्धी विभिन्न कविता वाचन गर्दै समाजलाई सिर्जनशील बनाउन कविताको महत्व रहेको बताए । तुलनात्मक साहित्यका प्राध्यापकसमेत रहेका वकले नेपालको सौन्दर्यको प्रशंसा गर्दै नेपालीहरू सहयोगी र स्वाभिमानी रहेको बताएका छन ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष युयुत्सु आरडी शर्माले हिमालसम्बन्धी कविता वाचन गर्दै स्वदेशी तथा विदेशी साहित्यकारबीच सहयोग तथा अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम चलाउँदै जाने जानकारी दिए । कार्यक्रममा शैलेन्द्र साकार, विप्लव ढकाल, धर्तीचन्द्र यात्री, पुण्य विश्वासलगायतले पनि कविता वाचन गरेका थिए ।