नेपालको शान्ति प्रकृयाको मोदीद्वारा प्रशंसा

साउन ३०, काठमाडौँ  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति प्रकृयाको प्रसंशा गरेका छन् । भारतको ६८औं स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लामा आयोजित समारोहमा प्रधानमन्त्री मोदीले ‘आन्तरिक द्वन्द्वलार्ई सहजै सुल्झाउन सकिने मामलामा नेपालबाट विश्व समुदायले सिक्न सक्ने भन्दै शान्ति प्रक्रियाको प्रशंसा गरेका हुन् ।

मोदीले ‘बुद्धभूमि नेपाल’को धनसँगै युद्धबाट बुद्ध र शस्त्रबाट शास्त्रमा रुपान्तरित राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका छन् । समारोहमा उपस्थित कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललाई ‘नेपालको शान्ती प्रकृयाको सफलता सन्देशप्रति’ विभिन्न कुटनीतिक नियोगका प्रमुखहरुले बधाई ज्ञापन गरेका थिए ।

 यसैबीच, भारतले सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको सम्झनामा प्रत्येक वर्ष भारतले स्वतन्त्रता दिवश मनाउने गरेको छ । दिवसका अवसरमा हुने विभिन्न कार्यक्रमको सुरक्षालाई ध्यानमा राख्दै राजधानी नयाँदिल्ली लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।