गुण्डा चरीको मृत्युप्रकरण सर्वोच्चमा,प्रहरी अधिकृतविरुद्ध रिट दायर

साउन ३०, काठमाडौं –  गुण्डा चरिको हत्या नैं गरिएको दावी सहित उनका आफन्तले आज सर्वोच्चमा रिट दायर गरेका छन । काठमाडौंको भीमढुंगामा केही दिनअघि प्रहरी मुठभेडमा मारिएका डन दिनेश अधिकारी चरीका आफन्तले उनको हत्या प्रहरीले नैं षडयन्त्रपूर्वक गरेको भन्दैं चार प्रहरी अधिकृतविरुद्ध हत्या अभियोगमा रिट दायर गरेका हुन । चरीको हत्या गरिएको भन्दै अस्ती उनका आफन्तले  प्रहरीमा दिएको उजुरी दर्ता नगरेपछि बाध्य भई आज सर्वौच्च गएको चरीका दाजु ध्रुव अधिकारीले ईमेलखबरलाई बताए । उनका  अनुसार रिट निवेदनमा नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्की, अपराध महाशाखाकै डिएसपी मीरा चौधरी, इन्सपेक्टर कुमुद ढुंगेल र चरीकी तत्कालिन प्रेमिका खुस्बुका पुर्ब प्रेमी भनिएका अर्पण कोइरालालाई समेत विपक्षी बनाइएको छ । रिट दायरका लागि सर्वोच्चमा चरीकी दाजु धुर्ब , चरीकी तत्कालिन प्रेमिका खुश्बु र अन्य केही ब्यतmीहरु लगाएतको टोली दिउँसो अदालत पुगेको थियो । रिटको पहिलो पेशी आँउदो सोमवार तोकिएको चरीका दाजू धुर्ब अधिकारीले जानकारी दिए  ।