टेबलटेनिस खेलाडी पाकिस्तान प्रस्थान

साउन ३०, काठमाडौँ- नेपाली टेबलटेनिस टोली जुनियार च्याम्पियनसिप खेल्न आज पाकिस्तानको इस्लामावाद प्रस्थान गरेको छ ।  भदौं ११ गतेदेखि १३ गते सम्म हुने दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन टोली त्यसतर्फ गएको हो ।

नेपाली टोली भदौ ४ देखि १० गते सम्म प्रशिक्षणमा व्यस्त हुने छ । खेलाडिमा पुरुषतर्फ कष्णकुमार थापामगर, मणिकुमार लामा र रजोजमान ठाकुर छन् । महिला जुनियर तर्फ एरिका महर्जन र नोर्देन तामाङले खेल्नेछन् ।

क्याडेट तर्फ ब्वाइजमा स्यान्टु श्रेष्ट र रितिज जोशि तथा गल्समा सुमृति श्रेष्ठ र सोनु थापामगर छन् ।  गतवर्ष दिल्लीमा भएको प्रतियोगितामा नेपाली खेलाडिले ७ कास्य पदक जितेका थिए ।