लिभरपुलको ठूलो अपेक्षा

साउन ३०, काठमाडौं –   एभर्टन एफसीका पदाधिकारीसँग विवाद भएपछि जोहन होल्डिङले सन् १८९२ मा आफ्नै अध्यक्षता र  वामित्वमा एनफिल्ड अवस्थित जग्गामा लिभरपुल एफसीको स्थापना गरे। त्यसको एक वर्षपछि उनीहरू फुटबल लिगमा आबद्ध भए। त्यसयता एनफिल्ड लिभरपुलको गृहमैदान रहँदै आएको छ।
अठार लिग उपाधिका साथ लिभरपुल इङ्ल्यान्डको दोस्रो सबैभन्दा सफल क्लब हो। १९८० र ९० को दशकमा मात्र टोलीले १० लिग उपाधि जितेर एकछत्र वर्चस्व जमाएको थियो। बिल स्यान्कली र बब पाइस्लीको व्यवस्थापनमा लगभग यही समयमा ११ लिग र ७ युरोपियन उपाधि जिेतर लिभरपुलले प्रमुख शक्तिको रूपमा राज गर्योी।
खेल मैदानमा पाएका त्यस्ता उत्कृष्ट नतिजा समर्थकले बेला मौकामा गर्ने उपद्रोका कारण लिभरपुलले विगतमा बद्नामी पनि कमाएको छ। १९८५ मा बेल्जियमको हिजेल रंगशालामा युभेन्ट्सविरुद्धको युरोपियन कप फाइनलदौरान युभेन्ट्सलाई छुट्याइएको ठाउँमा जान खोज्दा पर्खाल भत्की ३९ युभेन्ट्स समर्थकको मृत्युको कारण लिभरपुलका प्रशंसक नै थिए।
सन् २०१० ११ सिजन सुरुतिर लिभरपुल आर्थिक रूपमा धराशयीको संघारमा पुग्यो। एक उच्च अदालतले लेनदारले क्लबमा अमेरिकी मालिकहरू टम हिक्स र जर्ज जिलेटविरुद्ध गरेको उजुरीको पक्षमा निर्णय गर्दै क्लबलाई बेच्न आदेश दियो। त्यसपछि अर्का अमेरिकी जोन डब्ल्यु हेनरीले लिभरपुलको स्वामित्व हासिल  गरे। हेनरी अमेरिकी कम्पनी बोस्टन रेडसक्स् तथा न्यू इङ्ल्यान्ड स्पोर्टस भेन्चर्सका मालिक पनि हुन्।