युथ ओलम्पिकमा दुई खेलाडी

साउन २९, काठमाडौँ  – दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली दोस्रो युथ ओलम्पिक खेलकुदमा भाग लिन मंगलबार चीनको नान्जिङ प्रस्थान गरेको छ। साउन ३१ बाट हुने युथ ओलम्पिकमा ब्याडमिन्टनका दिपेश धामी र एथलेटिक्सकी संगीता खड्काले भाग लिनेछन्। दिपेशले मेन्स सिंगल इभेन्ट र संगीताले ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। संगीताले नान्जिङमै गत वर्ष सम्पन्न युथ एसियनमा पनि ३ हजार मिटरमै प्रतिस्पर्धा गरेकी थिइन्।

नेपाल ओलम्पिक कमिटी  एनओसी  सदस्य ज्योति राणा सेफ द मिसन र एथलेटिक्सका राधाकृष्ण विष्ट अफिसियल रहेका छन्।  दिपेशले कम्तीमा तेस्रो चरणसम्म पुग्ने आशा व्यक्त गरे। उनले भने, मैले लगातार अभ्यास गरेको छु। अन्तर्राष्ट्रिय अनुभव पनि छ त्यसका आधारमा चीनमा राम्रो नतिजा ल्याउने विश्वास छ।  उनले मिक्स डबल्समा पनि प्रतिस्पर्धा गर्ने सम्भावना छ। थाई खेलाडी मिक्स डबल्स पाटर्नर रहने उनले बताए।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधान, महासचिव जीवनराम श्रेष्ठलगायतले सातदोबाटोस्थित एनओसी मुख्यालयमा टोलीको बिदाइ गरे। नागरिक दैनिकमा खबर छ । मन्त्री पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालका लागि अवसर र गौरवका रुपमा रहने बताए। ुयो अवसर हो। यसलाई खेलाडीले गौरवमा बदल्ने प्रयास गर्नुपर्छ। त्यसका लागि मेरो शुभकामना छ, उनले भने, खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्यारउन सरकार, एनओसी र संघहरूले प्रयास गरिरहेको छ