एमाले केन्द्रीय कमिटी बैठक बस्दै

साउन २९, काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।  दिउँसो १ बजे पछि पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा आजदेखि नवौँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्तावका विषयमा छलफल हुने सचिव योगेश भट्राइले इमेल खबरलाई जानकारी दिए ।

सचिव भट्राइका अनुसार हिजो बैठक स्थगन गरि ती प्रस्ताव केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको थियो । सदस्यहरुले अध्यन गरेपछि आज त्यस विषयमा छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार आज बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन  केन्द्रीय सदस्यबाट सुझाव लिने लिइनेछ । हिजो पदाधिकारी बैठक बसिर पार्टीको  संगठनात्मक संरचना, विधान लगायतका विषयमा छलफल भएकोक थियो ।