नेपाल आज थाइल्याण्डसँग भिड्ने

साउन २९, काठमाडौँ  –  मलेसियामा हुने १६ वर्षमुनि (यु–१६) एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल पहिलो पटक उपाधि भित्र्याउने लक्ष्यका साथ मैदानमा उत्रने भएको छ ।

मलेसियास्थित क्वालालम्पुरमा हुने सो प्रतियोगितामा नेपालले आज थाइल्यान्डसँग आफ्नो पहिलो खेल खेल्ने छ । वर्षाका कारण दुई हप्तामात्र प्रशिक्षण लिएका नेपाली टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रन लागेका हुन् ।

नेपालले हालसम्म उमेर समूहको प्रतियोगितामा उपाधि हासिल नगरेको यो प्रतियोगिता मात्रै हो । यसअघि उक्त प्रतियोगितामा नेपाल दुईपटक उपविजेता बन्दै उपाधि चुम्नबाट वञ्चित भयो ।