विनियोजन विधेयक माथि छलफल जारी

साउन २९, काठमाडौँ –  व्यवस्थापिका–संसद्मा विनियोजन  विधेयक माथि आज जनी छलफल जारी रहेको छ ।  दिउँसो १ बजे बस्ने बैठकमा आज मन्त्रालयगत शीर्षका विषयमा छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकरी दिए

। प्रवक्ता शर्माका अनुसार  हिजो विनियोजन विधेयक, २०७१ अन्तर्गत कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

आज बाँकी मन्त्रालयमा छलफल हुनेछ । कुन मन्त्रालयका विषयमा छलफल गर्ने भन्ने टुङ्गो संसद बैठकअघिको कार्यव्यवस्था समितिको बैठकले लगाउने छ । आज सून्य समय, विषे समय र ढ्याप ढ्यापे समय नदिएर बजेटमा छलफल केन्द्रित गर्ने तयारी छ ।