माधव नेपाल एमालेमा तेस्रो मर्यादामा

साउन २९, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो मर्यादामा रहने गरी बरिष्ठ नेताकै हैसियतमा रहने प्रष्ट पारेका छन् ।

अध्यक्ष ओलीले नेता नेपाललाई चालू केन्द्रीय कमिटीको दोस्रो बैठकमै तेस्रो मर्यादाको आसन ग्रहण गराई सो जनाउ दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

मंगलबार बैठक सुरु भएलगत्तै ओलीले केन्द्रीय सदस्यहरुसँगै बसेका नेता नेपाललाई वरिष्ठ नेता झलनाथ खनालपछिको सिटमा आसन ग्रहण गराएका थिए ।

ओलीकै आग्रहलाई स्वीकार गरी नेता नेपाल अगाडि गएर तेस्रो मर्यादामा रहने गरी आसन ग्रहण गरेका हुन् । यसबारे केन्द्रीय कमिटी बैठकबाटै औपचारिक निर्णय भने भइसकेको छैन् ।