एमाओवादीसँग एकता असम्भव : बैद्य

साउन २८,  सुनसरी  –  नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन् । सुनसरी , मोरङ र झापा जिल्लाका कार्यकर्ताको संयुक्त प्रशिक्षण कार्यक्रममा धरान आएका बैद्यले एनेकपा माओवादीसँग एकता असम्भव रहेको उद्घोष गरे ।

एमाओवादीले नयाँ जनवादी क्रान्तिको बाटो अवलम्बन गरेमात्रै एकता सम्भव रहेको अध्यक्ष बैद्यको ठहर  छ । बैद्यले सर्वपक्षीय राजनितीक सभाको माग गरिरहेको र अब माओवादीले लगत्तै आन्दोलनलाई पनि चर्काउने प्रस्ट्याएका छन् ।

संविधानसभामा रहेका दलहरुले जनताको विश्वास गुमाइसकेको हुनाले उनीहरुबाट जनअपेक्षा अनुरुपको संविधान नआउने बैद्यको भनाई  छ ।