११ सचिव सम्पर्क बिहिन

साउन २८, कालिकोट – कालिकोट जिल्लाका ११ गाबिस सचिवहरु सम्पर्क बिहिन भएका छन । आर्थिक वर्ष सकिनु लगतै सम्पर्क बिहिन हुने गाबिस सचिवहरुले यस वर्ष पनि बिगतकै अभ्यासलाई निरन्तरता दिएका छन् ।

जिल्लामा गाबिस सचिवहरुको मनपरि वढेपछि जिल्ला प्रशासन कार्यलयले चासो देखाएको छ । देशमा शान्ति स्थापना भए पनि सदरमुकाम वस्दै आएका गाबिस सचिवहरु पछिल्लो पटक जिल्लामा पनि नवस्ने र धेरै पटक काज बिदा लिईएर घर जाने गरेकाले सेवाग्राही मर्कामा पर्ने गरेका छन ।

सेवाग्राहीले सेवा नपाएको सर्वत्र आवज उठे पछि जिल्ला प्रशासन कार्यलय कालिकोटले जिल्ला बिकास समितिलाई पत्राचार गरि गाबिस सचिवहरुको वारेमा जानकारी लिईएको छ ।

प्रशासनले पठाएको पत्रको जवाफ दिदै जिल्ला बिकास समितिको कार्यलय कालिकोटले १० जना गाबिस सचिवहरुको बिदा समाप्त भएको र हाल सम्म सम्पर्कमा नरहेको भन्दै नाम सहित किटानी गरेको छ ।

अहिले ती सचिवहरु नहुदा भर्ता, राचुली, फोईमहादेव, माल्कोट, कालिका, खिन, सिपखाना, वदाल्कोट, राम्नाकोट, कुमालगाउ, स्युना र मुम्रा गाबिसका स्थानिय सेवाग्राही सेवा लिनवाट वन्चीत भएका छन ।