अमेरिकाले इराकमा सैन्य सल्लाहकार पठायो

साउन २८, काठमाडौं – अमेरिकाले द्धव्दग्रस्त इराकमा आफ्ना सैन्य सल्लाहाकार पठाएको छ । उत्तरी इराकको कुर्द क्षेत्रमा उसले १ सय ३० सैन्य सल्लाहकार पठाएको हो । इराकमा संघर्षरत इस्लामिक स्टेटबाट हुन सक्ने खतरालाई न्युन गर्न ती सैन्य सल्लाहकार कुर्द क्षेत्रमा पठाईएको अमेरिकी रक्षामन्त्री चक हेगलले बताए । क्यालिफोर्नियामा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै रक्षामन्त्री हेगलले राष्ट्रपति बाराक ओबामाको अनुमतिमा ती सैन्य सल्लाहकारलाई इराक पठाईएको बताए । उनले इराकको इरबिल क्षेत्रमा पनि अर्को टोली पठाउने बिषयमा छलफल भैरहेको बताए । यसैबिच, संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले उत्तरी इराकको एक पहाडमा फँसेका हजारौं मानिसको उद्धारका लागि अन्तराष्ट्रिय सहयोगको अपिल गरेका छन् । करिब ३० हजार स्थानीय स्लामिक चरम्पन्थीको खतरासंग जुधीरहेकाले उनीहरुको उद्धारमा सहयोग गर्न मूनले आह्वान गरेका हुन । पछिल्लो समय इराकमा इस्लामिक लडाकुले त्यहाँका अल्पसंख्यक इसाई समुदायमाथि आक्रमण गरि निर्मम हत्या गरिरहेको छ । इराकका कतिपय ठाँउमा रहेका अल्पसंख्यक समुदायका हजारौं मानिसहरु अहिले त्यहाबाट बिस्थापित भई अन्यत्र बसाई सरेका छन् भने, अझै बसाई सर्नेक्रममा जारि छ ।  एजेन्सी सहयोग