एमाले केन्द्रिय कमिटी बैठक स्थगित

साउन२८,काठमाडौं – प्रमुख एजेण्डामा छलफल नैं नगरि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि स्थगित भएको छ ।
पार्टी मुख्यालय बल्खुमा दिउँसो १ बजेपछि बसेको बैठकमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन अध्ययनमा समय अपुग भएको भन्दै आजका लागि बैठक स्थगित भएको एक केन्द्रिय नेताले जानकारी दिए । नवौं महाधिवेशनमा आएको सुझावका आधारमा संशोधित राजनीति र सांगठनिक प्रतिवेदन र विधान अध्ययनका लागि हिजोको बैठकमा नेताहरुलाइ वितरण गरिएको थियो ।