साउन २८, काठमाडौं – अमेरिकाले द्धव्दग्रस्त इराकमा आफ्ना सैन्य सल्लाहाकार पठाएको छ । उत्तरी इराकको कुर्द क्षेत्रमा उसले १ सय ३० सैन्य सल्लाहकार पठाएको हो । इराकमा संघर्षरत इस्लामिक स्टेटबाट हुन सक्ने खतरालाई न्युन गर्न ती सैन्य सल्लाहकार कुर्द क्षेत्रमा पठाईएको अमेरिकी रक्षामन्त्री चक हेगलले बताए । क्यालिफोर्नियामा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै रक्षामन्त्री हेगलले राष्ट्रपति बाराक ओबामाको अनुमतिमा ती सैन्य सल्लाहकारलाई इराक पठाईएको बताए । उनले इराकको इरबिल क्षेत्रमा पनि अर्को टोली पठाउने बिषयमा छलफल भैरहेको बताए । यसैबिच, संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले उत्तरी इराकको एक पहाडमा फँसेका हजारौं मानिसको उद्धारका लागि अन्तराष्ट्रिय सहयोगको अपिल गरेका छन् । करिब ३० हजार स्थानीय स्लामिक चरम्पन्थीको खतरासंग जुधीरहेकाले उनीहरुको उद्धारमा सहयोग गर्न मूनले आह्वान गरेका हुन । पछिल्लो समय इराकमा इस्लामिक लडाकुले त्यहाँका अल्पसंख्यक इसाई समुदायमाथि आक्रमण गरि निर्मम हत्या गरिरहेको छ । इराकका कतिपय ठाँउमा रहेका अल्पसंख्यक समुदायका हजारौं मानिसहरु अहिले त्यहाबाट बिस्थापित भई अन्यत्र बसाई सरेका छन् भने, अझै बसाई सर्नेक्रममा जारि छ । एजेन्सी सहयोग
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
