ह्वाईट गुम्बामा अब आइतबार मात्रै जान पाईने

साउन २८, काठमाडौं –  काठमाडौंको रामकोटमा रहेको ह्वाईट गुम्बाको सर्बसाधारणले अब आईतबार मात्रैं अवलोकन गर्न पाउने छन् । गुम्बा हेर्न आउने सार्वसाधारणहरुको अत्याधिक भिड लाग्न थालेपछि गुम्बाको नियमित पूजापाठ र प्रशिक्षणमा समेत कठिनाइ भएको भन्दै गुम्बा ब्यवस्थापन समितीले शनिवारको सट्टामा सर्बसाधारणका लागि आईतबार खुल्ला गरेको हो ।  रामकोट(८ को डाडागाउँस्थित ह्वाईट गुम्बालाई स्थापना कालदेखि नै हरेक शनिवार सर्वसाधारणहरुको लागि गुम्बा ब्यवस्थापन समितीले प्रबेश खुल्ला गर्दै आएको थियो । तर अबदेखि भदौ १ गतेदेखि हरेक हप्ताको आइतबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सर्बसाधारणका लागि प्रवेश खुल्ला राख्ने बताएको छ ।