क्रिकेटको बन्द प्रशिक्षण आजदेखि

साउन २८ काठमाडौं  –  दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुद अन्र्तगत क्रिकेट टोलीको लागि आजदेखि राजधानीमा बन्द प्रशिक्षण शुरु हुदै छ । प्रशिक्षणमा १९ सदस्यीय प्रारम्भिक टोली सहभागि हुने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ ।   यसैबीच राष्ट्रिय क्रिकेट टोलीका भेट्रान स्पिनर राजकुमार प्रधान बन्द प्रशिक्षण छाडेर फेरि विदेश गएका छन्।  प्रारंभिक टोलीमा राजकुमारको नाम पनि छ । वैदेशिक रोजगारीका लागि राजकुमार शुक्रबार नै जापान गएको प्रधान निकट स्रोतले  जानकारी दिएको छ ।
प्रधानले क्रिकेट संघ र नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई आफू व्यक्तिगत कारणले क्याम्पमा आउन नसकेको जनाएका थिए ।