साउन २८, काठमाडौ–अमेरिकाले उत्तरी इराकको कुर्द क्षेत्रमा १ सय ३० सैन्य सल्लाहकार पठाएको छ । इराकमा संघर्षरत इस्लामिक स्टेटबाट हुन सक्ने खतरालाई न्युन गर्न ती सैन्य सल्लाहकार कुर्द क्षेत्रमा पठाईएको अमेरिकी रक्षामन्त्री चक हेगलले बताएका छन् । क्यालिफोर्नियामा अमेरिकी सैनिकलाई सम्बोधन गर्दै रक्षामन्त्री हेगलले राष्ट्रपति बाराक ओबामाको अनुमतिमा ती सैन्य सल्लाहकारलाई इराक पठाईएको बताए । उनले इराकको इरबिल क्षेत्रमा पनि अर्को टोली पठाउने बिषयमा छलफल भैरहेको बताए । हेगलका अनुसार उक्त टोली कुनै पनि सैन्य कार्वाहीमा सहभागि हुने छैन । त्यहाको सुरक्षा अवस्थाको आंकलन गरेर फर्किन छ । यसैबिच संयुक्त राष्ट्र संघका महासचिव बान की मूनले उत्तरी इराकको एक पहाडमा फासेका हजारौं मानिसको उद्धारका लागि अन्तराष्ट्रिय सहयोगको अपिल गरेका छन् । करिब ३० हजार स्थानीय स्लामिक चरम्पन्थीको खतरासंग जुधीरहेकाले उनीहरुको उद्धारमा सहयोग गर्न मूनले आह्वान गरेका छन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।