कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला

साउन २८ काठमाडौं  –  कोरियन भाषा परीक्षाका लागि आज आजदेखि आवेदन खुलेको छ । यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ ।   रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फारम बुझाइसक्नु पर्ने इपिएस कोरीया शाखाले जनाएको छ । आजदेखि फारम खुल्ने भएपछि तोकिएका स्थानमा बिहानै देखि फारम लिनेहरुको लाइन लागेको छ ।
उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट आवेदन फारम बुझाउन सकिनेछ । उपत्यका बाहिर पोखराको बिन्धबासिनी उच्च माबि बाटुलेचौर, बुटबल प्रर्दशनी मण्डप र डडेलधुराको अमरगढी नगरपालीकामा रहेको कर्मचारी मिलन केन्द्रबाट आवेदन लिन सकिने छ ।
यी स्थानमा फारम निशुल्क पाइने र परिक्षा दिने व्यक्ति आफै उपस्थित भएर बुझाउनु पर्ने इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परिक्षा पास गरेकाहरु आगामी सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् । तर कोटा भेन अहिले सम्म निर्धारण गरिएको छैन ।