इबेला प्रति उच्च सर्तकता

साउन २८, काठमाडौं  – सरकारले घातक इबोला भाईरस नेपालमा प्रवेश गर्न नपाओस भनेर उच्च सर्तकता शुरु गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गर्ने, तथा टेकु अस्पताल र बीर अस्पतालमा सो रोगको परिक्षणको व्यबस्था गर्ने सरकारको तयारी छ ।

यस्तै आठ वटा अन्य नाकामा समेत उच्च निगरानी गर्ने तथा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा खोलिएको डेस्क १८ घण्टा खुल्ला राख्ने सरकारको तयारी छ । यसकोलागि औपचारीक प्रकृया तय गर्न स्वास्थ्य मन्त्रालयमा आज सरोकार वालाको बैठक बस्दै छ ।

पश्चिम अफ्रिकामा महामारीको रुप लिएको सो रोग सर्न सक्ने भन्दै सरकारले अफ्रिकन देशमा भ्रमणको लागि नजान समेत सबै नेपालीलाई सचेत गराएको छ ।  इबोला भाईरस अफ्रिकी देशहरुमा महामारीकै रुपमा देखिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । सो भाइरसको संक्रमणले हालसम्म पश्चिम अफ्रीकी देशका १ हजार भन्दा बढिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।