नेपाली टिमको सफलता

साउन २८ काठमाडौं  –  नेपाली पुरुष टिमले नर्वेको ट्रोम्सोमा सञ्चालन भइरहेको ४१ औं चेस ओलम्पियाडमा सोमबार सफलता हासिल गरेको छ। प्रतियोगिताको नवौं राउन्डमा नेपालले कुवेत माथि ३—१ को जित हासिल गर्योर। महिला टिमले पनि सन्तोषजनक नतिजा हासिल गर्योे।  उसले आरुवासँग २(२ को नतिजा निकाल्यो। नेपाली पुरुष टिमको यो चौथो जित हो। जितसँगै पुरुष टिमले ८ अंक र गेम प्वाइन्ट १८।५ प्राप्त गरेको छ भने महिला टिमले ५ अंक र गेम प्वाइन्ट १० प्राप्त गरेका छन्। महिला टिमले दुईमा जित र एकमा बराबरी खेल्यो।  नेपाल च्याम्पियन २१३७ रेटेड सीएम केशव श्रेष्ठले चौथो बोर्डमा १९७२ रेटेड कुवेतका खालिद हसमिल खेलको १४ औं चालमा गरेको सानो गल्तीको फाइदा उठाउँदै १४औं चालमा गरेको सानो गल्तीको फाइदा उठाउँदै ३२ औं चालमा सहज जित हात पारेका थिए।

लगातार दोस्रो जित हासिल गरेका केशवले ५।५ अंकसहित फिडेमास्टर ९एफएम० उपाधि हासिल गर्ने सम्भावना बलियो बनाए। केशवले १० औं राउन्डमा न्युजिल्यान्डविरुद्ध जित हासिल गरेमा उनको ६।५ अंक हुनेछ र उनी व्यक्तिगत उपाधि हासिल गर्न सक्नेछन्।  दोस्रो बोर्डमा २०६१ रेटेड रिजेन्द्र राजभण्डारीले २०३७ रेटेड खेलाडी इब्राहिम सेहवलाई पराजित गरे। पाँचौं सफलता प्राप्त गर्ने क्रममा सेतो गोटी लिएर क्विन्स ग्याम्बित प्रणालीमा खेल सुरु गरेका रिजेन्द्रले खेलको २६ औं चालमा प्यादा एउटा फाइदा गरे। जसको परीणामस्वरूप ३० औं चालमा इब्राहिमले पुनः प्यादा गुमाउन पुगे। दुईवटा प्यादा फाइदा गरेपछि रिजेन्द्रले इब्राहिमलाई लगातार दबाब राखेर ५१ औं चालमा आत्मसमर्पण गर्न लगाए। रिजेन्द्रले पनि सबै राउन्डमा खेलेका छन्।

तेस्रो बोर्डमा १९८० रेटेड सजिन महर्जनले १९७२ रेटेड ताहोर खातिवलाई हराएर पहिलो पूर्ण अंक हासिल गरे। आठौं राउन्डमा रुसका आईएम इभ्जेनी भोडेसोवलाई बराबरीमा रोकेका उनले ४३ औं चालसम्म बराबरी अवस्थामा रहेको खेललाई ४४ औं चालमा आफ्नो पक्षामा पार्न सफल भए। उनले ५१ औं चालमा सिपाही एउटा फाइदा गरे। त्यसपछि खालिदले खेल त्यागे। उनको ६ राउन्डवाट १।५ अंक भएको छ।  पहिलो बोर्डमा एफएम मनीष हमालले भने सफलता हासिल गर्न सकेनन्। २०६८ रेटेड मनीष कुवेतका २१३७ रेटेड बदर हैरीसँग १५ औं चालमा पराजित भए।