भारतमा धोती विधेयक पारित

साउन २८, काठमाडौँ  –  भारतको तमिलनाडु राज्य सरकारले मंगलबार ुधोती विधेयकु पारित गरेको छ। यसअनुरूप अब क्लब, होटल, थिएटर, सभागृह, रंगशाला, मल लगायतका सार्वजनिक थलोमा धोती तथा अन्य कुनै पनि भारतीय पोसाक बिनारोकटोक लाएर जान सक्ने कानुन पारित भएको छ। धोती वा भारतीय पोसाक लगाएका कुनै व्यक्तिलाई क्लबमा प्रवेश नदिनेलाई १ वर्षसम्म जेल र २५ हजार भारतीय रुपैयाँ जरिवाना गर्ने कानुनमा व्यवस्था गरिएको छ। तमिलनाडु विधानसभामा ुद तमिलनाडु एन्ट्री इनटु पब्लिक प्लेसेज ९रिमुभल अफ रिस्ट्रिक्सन अफ ड्रेस० एक्ट, २०१४ लाई सदस्यहरूले डेस्क थपथपाएर एकमतले पारित गरेका छन्। तमिलनाडु क्रिकेट एसोसिएसन क्लबमा मद्रास हाई कोर्टका एक न्यायाधीश र दुई वकिललाई धोती लगाएकै कारण प्रवेश नदिइएको घटनाको महिनाभित्र उक्त कानुन पास भएको हो। स्थानीय भाषामा वेस्थी भनिने राज्यको परम्परागत पोसाक धोती पहिरेकालाई प्रवेश नदिने क्लब, मनोरञ्जनात्मक संगठन, ट्रस्ट, कम्पनी र सोसाइटीको लाइसेन्स रद्द गर्नेसमेतको अधिकार राज्य सरकारलाई उक्त विधेयकले दिएको आजको कान्तिपुर दैनिकमा खबर छ  ।  मुख्यमन्त्री जयललिताले उक्त घटनालाई भारतीय परम्परा र संस्कृतिको विपरीत भनेकी थिइन्। उनले विधानसभामा छलफल र अनुमोदनका लागि उक्त विधेयक प्रस्तुत गरेकी थिइन्।