देशैभर भिषण बर्षा हुने,सर्तक रहन आग्रह

साउन २८, काठमाडौं – आजदेखि देशैभर भिषण वर्षा हुने बताईएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज रातीदेखि शनिबार साँझसम्म तराईका अधिकांश र पहाडका केही क्षेत्रमा मुसलधारे वर्षा हुन सक्ने बताएको छ । महाशाखाले पानी पार्ने वायुमण्डलीय प्रणाली नेपालतर्फ नजिकिँदै गएकाले बुधबार रातीदेखि शनिबार साँझसम्म अत्यधिक बर्षा हुने जानकारी दिएको हो । आज बिहानै देखि राजधानिसहित मुलुकका विभिन्न भागमा वर्षा भईरहेको छ । देशका कतिपय ठाँउमा हिजो राति देखि नैं बर्षा निरन्तर भैरहेकाले कतिपय पहाडी क्षेत्रमा बाटो गोरेटोहरु भत्किएर अबरुद्ध भएको खबर आएको छ । पानी पर्ने बायुमण्डलीय प्रणाली न्युनचापीय रेखा सामान्य स्थानभन्दा वर नेपालतर्फ आएकाले बर्षाको सम्भावना बढेको हो । त्यो रेखा हाल भारतको लखनउमा रहेको र पश्चिम नेपाललाई छोएर लामो समयदेखि बसिरहेको बताईएको छ । सामान्यतया यो रेखा पश्चिम बंगालदेखि दिल्लीको वरपर रहने गर्छ । न्युनचापीय रेखा लखनउ वरपरको आकाशमा रहेको र यसले बंगालको खाडीबाट निस्किरहेको पानीयुक्त बाफलाई आफुतिर तानिरहेकाले अत्यधिक वर्षाको सम्भावना बढेको महाशाखाको भनाई छ । यसले विशेष गरी भारतका विहार, उत्तर प्रदेश र नेपालका तराई भुभागमा अत्यधिक बर्षा गराउने सम्भावना रहेको छ । तीनदिन लगातार मुसलधारे पानि पर्ने भएपछि देशका बिभिन्न ठाँउमा बाढीपहिरोको जोखिम बढाउन सक्ने भन्दै विज्ञहरुले सचेत रहन सबैमा सुझाव दिएका छन् । बर्षाले बाढी पहिरोको जोखिम बढ्ने हुँदा यसबारे सतर्क रहन गृहमन्त्रालयले औपचारिक जानकारी गराइसकेको छ ।