साउन २८ काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई देशलाई पारस्परिक फाइदा हुने गरी जलविद्युतसम्बन्धी पिटिए र पिडिए सम्झौता गर्ने कुरा थियो । तर त्यसले मूर्तरुप लिन पाएन । यसनिम्ति सत्ता साझेदार एमालेलाई दोषी देखाइयो तर के वास्तवमै कांग्रेस आफैं चाहिँ यसनिम्ति तयार थियो त १७ गते बिहान बालुवाटारको यो प्रसंगले अर्कै गन्ध दिएको छ । कांग्रेसकै नेताहरुले यो खेललाई सरकार ढाल्ने अभियानको रुपमा व्याख्या गर्छन । यो दिन बिहान बालुवाटारमा एमाले अध्यक्ष केपी ओलीको सन्देश लिएर वामदेव गौतम सुशील कोइरालालाई भेट्न जाँदा उनले भनेका थिए, ‘एमालेले डिस्टर्व गर्यो भन्दिन्छु म, मोदी र प्रेसलाई’ अध्यक्षको सन्देश सुनाउँदै गौतमले, ‘हामीले पिटीएको मुखै देख्या छैन, भोली कताबाट के के आरोप आउला, सिद्धान्ततः यसकोविरोधी होइनौं, पछि सम्झौता गरौला ।’ भन्नासाथ सुशील यसरी बम्किएका हुन भन्दै थिए, ‘कोलिसन पार्टनरले मानेनन, भन्दिन्छु ।’ गौतमले जवाफ फर्काए, ‘त्यसै भन्दा तपाईंको हित हुन्छ भने भन्दिनुहोस् ।’ गौतम निस्कदाँ रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरु पालो पर्खेर बसिरहेका थिए ।देउवाले भने, ‘हामी सुशीलजीलाई सम्झाउँछौं । बुझ्दै नबुझी सही गर्ने कुरा त आउँदैन नि तपाई नआत्तिनुस् ।’ जबकी रामशरण महतको चाहिँ जुनसुकै हालतमा यो अहिले नै पास हुनुपर्छ भन्ने जिकिर थियो ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।