एमाओवादीको स्थाई समिति बैठक बस्दै

साउन २७, काठमाडौं – पार्टी भित्रको आन्तरिक विवाद मिलाउन एकीकृत नेकपा माओवादीको स्थाइ समितिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवस लाजिम्पाटमा दिउँसो २ बजे बैठक बस्न लागेको माओवादीले जनाएको छ ।

बैठकमा संविधानसभापछिको पार्टीको अवस्था र अवको कार्यदिशा कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित हुने भएको छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र नेता डा बाबुराम भट्टराईबीच देखिएको विवाद समाधान गर्ने प्रयासका लागि सहमति खोजिने भएको छ ।

भट्टराई पक्षले जिल्लामा समानान्तर  समिति कमिटि गठन रोक्ने र  सस्थापन पक्षले जिल्ला प्रशिक्षण रोक्ने सहमतिपछि अवको दिशा कसरी अघि बढाउने भन्ने विषयमा बैठकमा छलफल हुन लागेको हो ।