फोनिजको स्थापना दिवस मनाइदैँ

साउन २७, काठमाडौ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आज १५ औं स्थापना दिवस आज मनाइदैँछ ।  दिवसको अवसरमा राजधानिमा प्रभातफेरी र सम्मान तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ । बिहान भृकुटीमण्डपबाट प्रभातफेरी निकालिएको थियो ।

प्रभातफरीपछि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादिमा सम्मान तथा पुरस्कार वितरण समारोह चलिरहेको छ ।  फोनिजले स्थपना दिवसको अवसरमा प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ ।

यसवर्षको सो पुरस्कार मैत्री नेटवर्ककी सन्चु ब्लोन, एबिसी टेलिभिजनका मिलन लिम्बु र कान्तिपुर दैनिकका मकवानपुर संवादाता प्रताप विष्टलाई प्रदान गर्ने फोनिजका सचिव मनोज घर्तिमगरले जानकारी दिए ।  घर्तिमगरका अनुसार फोनिजले मातृभाषामा प्रकाशित हुदै आएका पत्रिकालाई पनि आज सम्मान गर्दैछ ।