नेपाली टिम पराजित

साउन २७, काठमाडौं – श्रावण २६ ९ नेपाली टिमको कमजोर प्रदर्शन ४१ औं चेस ओलम्पियाडमा कायमै रहेको छ। नर्वेको ट्रोम्सोमा सञ्चालन भइरहेको प्रतियोगिताको सातौं राउन्डमा नेपाली महिला र पुरुष दुवै टिम शनिबार पराजित भए। नेपालको पुरुष टोली इस्टोनियाासँग ४९० र महिला टोली जिम्बावेसँग पनि समान ४९० ले हारे।

पहिलो बोर्डमा खेलेका २०६८ रेटेड फिडेमास्टर मनीष हमाल २३८७ रेटेड फिडेमास्टर अतुमर लाड्भासँग खेलको ३४ औं चालमा हारेका थिए। खेलको २७ औं चालमा गरेको ठूलो गल्तीले गर्दा मनीष खेल त्याग्न बाध्य भएका थिए। उनको ३।५ अंक छ।

रिजेन्द्र राजभण्डारी पनि २३९२ रेटेड अन्तर्राष्ट्रिय मास्टर टर्भो सिमनसँग धेरै समय टिक्न सकेनन्। रिजेन्द्रले टर्भोको २४ औं चालमा घोडा खाएका थिए। हेर्दा फाइदा देखिए पनि खेलको २८ औं चालमा रिजेन्द्रलाई टर्भोले उँट त्याग्न बाध्य बनाई २९ औं चालमा सहज जित हात पारे। उनले सात खेलबाट चार अंक हासिल गर्दै क्यान्डिडेट मास्टरको उपाधि हासिल गरिसकेका छन्।

त्यसैगरी, सजिन महर्जनले २२८९ रेटेड फिडेमास्टर इल्जा भोभ्कलाई कडा टक्कर दिए पनि खेल आफ्नो पक्षमा पार्न सकेनन्। प्रतिस्पर्धात्मक खेलको ५३ औं चालसम्म बराबरीमा नै रहेको थियो। बराबरीमा टुंगिन लागेको खेलमा सजिनले ५३ औं चालमा गरेको सानो गल्तीका कारण ५५ औं चालमा इलजालाई खेल सुम्पिए। पहिलो पटक ओलम्पियाडमा सहभागिता जनाइरहेका सजिनले कुनै अंक हासिल गर्न सकेका छैनन्।

नेपाल च्याम्पियन केशव श्रेष्ठ पनि २२७७ रेटेड फिडेमास्टर जुरी क्रम्सनसँग पराजित भए। ६८ औं चालमा सफलता हात पार्ने क्रममा जुरीले ६० औं चालमा सिपाही एउटा फाइदा गरेका थिए। त्यसको दबाबमा परेर केशवले ६३ औं चालमा पुनः सिपाही गुमाएका थिए।कान्तिपुर दैनिकमा खबर छ ।

त्यसैगरी महिलातर्फ १५९३ रेटेड बिना जैसवालले जिम्बावेकी १६३३ रेटेड खेलाडी लोलेता वाकुस्वारेलाई ४१ औं चालमा खेल सुम्पिइन् भने १७७१ रेटेड मोनालिसा खम्बूले ४१ औं चालमा १६६० मेहेसा जेन्गेनीसँग ४७ औं चालमा खेल गुमाइन्। यस्तै १६६३ रेटेड अस्मिता अधिकारीलाई जिम्बावेकी १६७५ रेटेड डेसे जेन्गेनीले खेलको ३३ औं चालमा हराइन् भने माथे नोमालुंगीसँग १६७६ रेटेड संगीता जैसवाल ३८ औं चालमा पराजित भइन्।