खुस्बुले हालै धापाखेलमा सिभिल होम्सभित्र किनेको घरमा चरीको लगानी रहेको सूचना पाएपछि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर छानबिन गर्न लागेको नयाँ पत्रिकामा खबर छ ।
‘धापाखेलस्थित सिभिल होम्सको घर नम्बर २४ चरीले अबैध रुपमा कमाएको पैसाबाट किनिएको भन्ने सूचना आएको छ,’ अपराध महाशाखाका एक अधिकारी भन्छन् ‘योसहित उनका अन्य लगानीबारे हामी सूचना बटुलिरहेका छौं ।’
आफूलाई ठगेर सो घर किनेको भन्दै मित्तल थरका एक व्यवसायीले प्रहरीमा मौखिक उजुरी दिएका छन् । एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको स्रोतले बताएको छ । गतवर्ष महाराजगन्जस्थित घरमा बस्ने खुस्बुले चरीसँग प्रेम गर्न थालेलगत्तै घर किनेकी थिइन् ।