बस दुर्घटना हुँदा ४४ को मृत्यु

साउन २६, काठमाडौँ –  चीनको प्रान्तीय राजधानी ल्हासा नजिकको न्येमो उपनगर पहाडी इलाकामा एउटा पर्यटक बस दुर्घटना हुँदा ४४ जना यात्रुको मृत्यु भएको छ ।

अन्य ११ यात्रु सामान्य घाइते भएका छन् ।   ५० जना पर्यटक यात्रु बोकेर गुडिरहेकोे सो बस पिकअप भ्यानसंग ठोकिएर दुर्घटनाग्रस्त हुँदा सो हताहति भएको हो ।

बसमा सवार यात्रुहरु चीनबाट तिब्बत र ल्हासा यात्रा गर्न गएका समाचारमा जनाइएको छ । सो बसमा सबै चिनिया नागरिक रहेको चिनिया समाचार एजेन्सी सिन्ह्वले जनाएको छ ।