एमाओवादीमा ‘द्वन्द्वविराम’

साउन २६, काठमाडौँ –  स्थापनले एकलौटी प्रशिक्षण र भट्टराई पक्षले समानान्तर समिति गठन स्थगित गर्ने

माओवादीले विवाद मिलाउन आन्तरिक रुपमा ुद्वन्द्वविरामु गरेको छ। संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच चर्किएको विवाद मिलाउन दुवै पक्षले आ(आफ्ना गतिविधि स्थगित गर्ने सहमति बनेको हो। संस्थापनले एकलौटी रुपमा चलाउदै आएका प्रशिक्षण रोक्ने र भट्टराई पक्षले समानान्तर समिति गठन बन्द गर्ने सहमति भएको छ।

पार्टीभित्र विवाद चर्किदै जादा संविधान निर्माणलाई समेत असर पर्ने महसुस गर्दै दुबै पक्ष बिवाद मिलाउन लागेका हुन। अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको दुई पक्षका नेताको आइबारको बैठकले हालका लागि पार्टीभित्र ुद्वन्द्वविरामु गरी मंगलबारको स्थायी समिति र वैचारिक व्यवस्थापन समितिको बैठकबाट विवाद कसरी हल गर्ने भन्ने विषयको अन्ति टुंगो लगाउने सहमति भएको छ।
अब आ(आफ्ना ढंगले होइन, सामूहिक ढंगले काम गर्नुपर्छ भन्ने कुरा भयो, बैठकपछि उपाध्यक्ष पोष्टबहादुर बोगटीले भने, ुछलफल सकरात्मक रुपमा अघि बढेको छ। दाहाल र भट्टराईबीच विवाद समाधानका लागि तीन दिनदेखि निरन्तर छलफल भएको थियो। दुबै पक्षका नेताहरुले विवादास्पद अभिव्यक्ति नदिने र पार्टीको निर्णय कार्यान्वयन गर्ने समहति भएको छ।

विवाद भएका जिल्लामा पार्टीले गठन गरेको कार्यदलको काम थाल्ने छ, बोगटीले भने, ुकारवाहीमा परेका नेताबारे पनि छलफल भएको छ। त्यसबारे पनि सोच्न आवश्यक छ।ु करिब एक दर्जन जिल्लामा देखिएको बिवाद समाधान गर्न सचिव वर्षमान पुनको संयोजकत्वमा समिति बनाइसकेको छ।

संस्थापनले भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि चुलिएको विवाद मिलाउन दुई नेताबीचमात्र कुराकानी भएको हो।

भट्टराईले फरक विचार राख्नेहरुलाई कारवाही गर्दै जाने कदम गलत भएको बताएका थिए। दाहालले पार्टी अघि बढाउन विधि र विधान सबैले पालना गर्नुपर्ने उल्लेख गर्दै छलफलबाट समाधान गर्नुपर्ने बताएका थिए। श्रेष्ठलाई तीन र यादवलाई एक महिना केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।