पारसलाई अब बिजनेस भिसा

साउन २६, काठमाडौँ –

पूर्वयुराज पारसको स्टुडेन्ट भिसा सकियो, बिजनेस भिसामा तीन महिना बैंकक नै बस्ने

पूर्वयुवराज पारस शाह थाइल्यान्डबाट तत्काल नेपाल नर्फकने भएका छन् । अहिलेसम्म स्टुडेन्ट भिसामा बस्दै आएका उनले अब बिजनेस भिसा एप्लाई गरेका छन् ।

आगामी बुधबार पारसको बिजनेस भिसा लाग्ने उनका सहयोगीले जानकारी दिएका  छन्  । ‘स्टुडेन्ट भिसाको म्याद २१ साउनमा सकिएको थियो । म्याद सकिनुअघि नै उनले बिजनेस भिसाका लागि १६ साउनमा निवेदन दिएका थिए ।

पारसको भिसा प्रक्रिया मिलाउन उनका साथी राजेश सिंह केही दिनअघि बैंकक गएका थिए । भिसाका लागि कागजात मिलाउने काम सिंहले नै गरेका छन् । थाइल्यान्डमा रहेका नेपालीले भिसाका लागि पारसलाई सहयोग गरेको उनका साथीहरुको भनाई छ ।

स्रोतका अनुसार भिसा थपिने भएपछि पारस, थाई प्रेमिका कन्निकाको घरमा गएका छन् । पारसले एक वर्षसम्मका लागि भिसा लिन चाहे पनि बिजनेस भिसा सरुमा तीन महिनाको मात्र हुने भएकाले सम्भव नभएको उनका साथीहरुले बताएका छन् ।  आजको नयाँ पत्रिकामा खबर छ ।