सात बुँदे पालना भनए गठबन्धन तोडिन्छ : भट्टराई

साउन २४, काठमाडौँ  –  नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति र उपराष्ट्रपतिको संसदबाट अनुमोदन नभए काँग्रेस एमाले गठबन्धन तोडीने बताएका छन्  । सचिव भट्टराईले चेतावनी पूर्ण भाषामा भने सरकार गठनका क्रममा भएको सातबुँदे सहमति कांग्रेसले कार्यान्वयन नगरेकाले तत्कालै सहमती बमोजीम अगाडी नबढे एमालले पनी आफ्नो काँग्रसलाई गठबन्धन तोडेर जवाफ दिने बताएका छन् ।

राजधानीमा आयोजीत  कार्यक्रममा सचिव भट्टराईले यस विसयमा पार्टीको आगामी २७ गते बस्ने केन्द्रिय समितिको बैठकमा थप समिक्षा गरीने पनि  बताएका छन् ।  उनले घुमाउरो भाषामा सहमति कार्यन्वयन नगरे एमाले सरकारबाट बाहिरिने स्पष्ट पारे । उनले भने हामी प्रष्ट छौं, राष्ट्रपतीको अनुमोदन अनिवार्य हुनुपर्छ यसमा सम्झौता हुँदैन ।

भट्टराईले नेकपा एमालेले संविधान निर्माणको प्रक्रियालाई अवरुद्ध पार्ने गरि अहिलै नै सरकार परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा नरहेता पनि काँग्रेसले गठबन्धनको संस्कार विपरित काम गरिरहेको र स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको, कुनै छलफल नगरेको कारणले केन्द्रिय समितिको बैठकमा काँग्रससँगको गठबन्धन तोडन् सक्ने वारेमा पनि छलफल हुने बताए। उनले ठूला पार्टी नै सरकारमा भएकाले मुलुकमा स्वेच्छारी बढेको आशंका व्यक्त गरे। उनले भने–दुवै ठूला पार्टी नै सरकारमा सहभागी हुँदा नियन्त्रण र सन्तुलन कायम हुन नसकेको बताए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदनको माग पूरा भइसकेको दावी गरे । सातबुँदे सहमति अनुसार राष्ट्रपतिको बारेमा सर्वोच्च अदालतमा निर्णय भइसकेको, संसदमा गएर राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पढिसकेको र संसदले धन्यवाद प्रस्ताव अनुमोदन गरिसकेकोले अहिले अनुमोदनको मुद्या उठाउनु संविधान निमार्ण प्रक्रियालाई ओझेलमा पार्नु भएको बताए ।