बालकको मृत्यु पछि स्थानीय र प्रहरीबीच झडप

साउन २४, काठमाडौँ –  काठमाडौंको गोठाटारमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । पशुपति विकास कोषले बालुका निकालेपछि ठूलो ताल बनेको प्रति स्थानीयले आपक्ति जनाएक छन्  ।

उक्त तालमा पौडी खेल्ने क्रममा स्थानीय रोजिन शाक्यको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार प्रदर्शनमा उत्रिएका स्थानीयबासीले बालुवाखानी क्षेत्रको टहराहरूमा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको  छ  ।